२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 5:44 pm
समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

सूचना प्रेस २०८१ मंसिर २८ शुक्रबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौँ । ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकबेशी नगरपालिका–४ घर भएर सूर्यबिनायक बस्ने प्रज्वल महर्जन छन् । २० वर्षीय महर्जनलाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । ३७ लाख ४० हजार ठगेको दुई वटा मुद्दामा उनी फरार थिए ।