३० भदौ २०८३, मंगलबार 1789455016
समाचार

भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ। मोरङमा म्याजिक भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ मा शुक्रबार साँझ को १ ज ३३९९ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएका सोही ठाउँका ६५ वर्षीय लक्षुराम राईको उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

भ्यान चालक मोरङ बेलबारी नगरपालिका–५ का ४२ वर्षीय सूर्यबहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।