२९ भदौ २०८३, सोमबार 1789443745
Banner

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो।

उहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ । उहाँ आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।