काठमाडौँ । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए । हत्या गरिएका झा पूर्व गाविस सचिव भएको बताइएको छ । डीएसपी जयसवारले अहिले घट्नास्थलमा आफूहरू पुगेको र अनुसन्धान भइरहेको बताए ।