२७ जेष्ठ २०८३, बुधबार 1781148918
Banner

श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने चिन्ता भयो : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने ठुलो चिन्ता रहेको बताएका छन् । सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि हैन कानुनले के भन्छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सांसद केसीले लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउ समेत गरेका छन् । उनले भने, ‘सभापतिको श्रीमतीको पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो हैन ।’