६ भदौ २०८३, शनिबार 1787380064
Banner

दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ। पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियो र विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ के एच २४४८ नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनापछि स्करपियो सडकमै रहेको र ट्रक पुलकोबिच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले बाहिर निकालिएको थियो।