१८ असार २०८३, बिहिबार 1782981337
Banner

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले  इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ‘क्रिसमस डे’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको उनले शुभकामनामा उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत उनले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सघाउ पुर्याउने विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।