२५ श्रावण २०८३, सोमबार 1786386502
अर्थ

९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार  थान क्रिसमस ट्रि लाइट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको  ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ । यस्तै  ३२ हजार रुपैयाँको २३९ थान कतारबाट , ११ हजार रुपैयाँको १२२ थान बहराइनबाट आयात भएको छ । यसैगरी हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको छ ।