२७ जेष्ठ २०८३, बुधबार 1781093511
Banner

दक्षिण कोरिया विमान दुर्घटना अपडेट, ४७ जनाको मृत्यु

एजेन्सी । आइतबार दक्षिण कोरियाको दक्षिणी प्रान्तस्थित मुवान अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ। दमकल विभागका अधिकारीहरूका अनुसार उक्त दुर्घटनामा १७३ कोरियाली र दुई थाइ यात्रुहरू, साथै छ जना चालक दलका सदस्यहरू सवार थिए। यो विमान थाइल्यान्डबाट राति १ बजेर ३० मा उडेको र बिहान ८ बजेर ३० मा मुवान विमानस्थलमा अवतरण गर्ने तालिका थियो।

विमानले सुरुवाती अवतरण प्रयास असफल भएपछि फेरि विमानस्थल वरिपरि घुमेर दोस्रो पटक अवतरण गर्ने प्रयास गरेको थियो। तर, विमान रनवेबाट बाहिर निस्किँदै रनवेको अन्त्यमा रहेको संरचनासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। यो ठोक्किएपछि बिहान ९ बजे आगलागी भएको थियो। दुर्घटनापछि लागेको आगो ४३ मिनेटपछि निभाइएको थियो।