३ आश्विन २०८१, बिहिबार 1726803684
राजनीति

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन मजदुर दिवस :प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन भएको बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन आग्रह गरेका हुन् ।शुभकामना सन्देशमार्फत् प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका छन् ।

संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रीमजीवि उत्पीडित समुदायको मुख्य कार्यभार भएको उल्लेख गरेका छन् ।