६ आश्विन २०८१, आइतबार 1727017407
Banner

निर्वाचनमा उठेका अन्य दलका उम्मेदवार चर्चा गर्न लायकका पनि छैनन् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गर्नु भएको छ ।

निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएता पनि उहाँहरु चर्चा गर्न लायक नभएको अध्यक्ष ओलीले बताउनु भयो ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको बताउनु भयो । उहाँले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन उहाँले पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिनु भयो ।

मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको अध्यक्ष ओलीले बताउनु भयो।