२८ भदौ २०८३, आइतबार 1789309162
समाचार

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष २०२५ को शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्  नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ। 

ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्‌को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।