काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ । साथै संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ ।
बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपबारे पनि छलफल भइरहेको छ । शनिबारबाट सुरु भएको बैठकलाई आज समापन गर्ने सो पार्टीको तयारी छ ।