६ आश्विन २०८१, आइतबार 1727024838
Banner

नवनियुक्त आइजिपी द्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेको छ। 

गृह मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आइजिपी सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

अर्याल र सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण आइतबार मध्यरातदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले उहाँहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।