२५ भदौ २०८३, बिहिबार 1789105278
Banner

आठ सय २२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २६ पुसः फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या हिजो बिहीबारसम्मको हो ।

काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । काठमाडाँै प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ । साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध रु चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ । अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए ।