२५ भदौ २०८३, बिहिबार 1789095069
समाचार

रोल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

दाङ : रोल्पाको माडी गाँउपालिका–१ भिताबाङबाट सुन्तला लिएर दाङ तुलसीपुर जाँदै गरेको गाडी त्रिवेणी गाउँपालिका–४ मथुरापानी भन्ने स्थानमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने गाडीमा सवार तीन जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक माडी गाउँपालिका–१ भिताबाङ निवासी वर्ष २० का हुकुमबहादुर घर्ती रहेको बताइएको छ।

घाइते तीन जनाको पहिचान नभए पनि उनीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर घर फर्कन लागेका त्रिवेणी गाउँपालिका–४ का विद्यार्थीहरु रहेको बताइएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेहरुलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ।