१५ श्रावण २०८३, शुक्रबार 1785529529
Banner

समानुपातिकको हत्या भयो : अध्यक्ष थापामगर

काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले समानुपातिकको हत्या भएको बताएका छन् । आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । थापामगरले भने, समानुपातिक र समावेशीमा फरक छ । समानुपातिक अनुपात हो, एक गिलास पानीमा चिनी मिसाएजस्तो हैन । संविधानसभा गठनमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष थियो, अहिले त ४० समानुपातिक र ६० प्रतिशत प्रत्यक्ष गरेर झारियो । समानुपातिकको हत्या गरियो ।’

उनले सन् २०१९ मा १४ प्रतिशत निजामती सेवामा आदिवासी समुदायबाट प्रतिनिधित्व भएको बताउँदै अहिलेको गति हेर्दा ३५ प्रतिशत निजामती सेवामा आदिवासीको समानुपातिक सङ्ख्या पुराउन १६६ वर्ष लाग्ने देखिएको बताए । उनले निजामती सेवामा पहाडे तथा एकल समुदायको प्रतिनिधित्व ६१ प्रतिशत रहेको समेत बताए ।