२७ भदौ २०८३, शनिबार 1789255407
समाचार

यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते

नयाँ दिल्ली। भारतमा यात्रुवाहक विमान ठोक्किदा  कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको  स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्।बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ।

१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। एकापसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए । रासस–सिन्ह्वा