२१ आश्विन २०८१, सोमबार 1728336064
Banner

भक्तपुरवासीले भने, ‘परिर्वतन र विकासको पक्षमा मतदान गछौ’

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका हुन। सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षका उम्मेदवारले सोमबार वडा नम्बर ६ को सूर्यविनायक चोकदेखि कटुन्जे श्रीराम चोकहुँदै चुनदेवीसम्म घरदैलो अभियानमा सहभागि भएका थिए ।

घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने बताएका छन् । घरदैलो अभियानमा उपमेयर सरिता भटटराईलाई आर्शिवाद दिदै ७० बर्षिय आमाले भन्नुभयो ‘ भक्तपुरको विकास एमालेले गरेको हो, त्यसैले हाम्रो भोट एमालेलाई हो।’ उमेदवार घरदैलोमा पुग्दा मतदाताले थपेको उत्साहले आफुहरुलाई थप हौसला मिलेको उपमेयरका उमेदवार भटटराईले बताउनुभयो । घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, मेयर पदका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भटटराई, वडाका अध्यक्ष, सदस्यका उमेदवार, जिल्ला कमिटिका सदस्यहरु, नगरकमिटिका सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।