३० जेष्ठ २०८३, शनिबार 1781387805
अर्थ

कृषि विकास बैंकको ५८ वार्षिकोत्सव भव्य रुपमा मनाइयो

काठमाडौं । कृषि विकास बैंकले ५८औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कार्यक्रममा प्रमुख अतिथी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीहरुको बीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, बैंकका सबै कर्मचारी साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यहाँहरुले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूचि बनाउनु पर्दछ ।

बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ ।

पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ति उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको उनले बताए ।