२६ भदौ २०८३, शुक्रबार 1789178396
Banner

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो। यसअघि अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका थिए।