२७ भदौ २०८३, शनिबार 1789197277
Banner

वामदेव गौतम भोलि एमालेमा प्रवेश गर्ने

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम भोलि एमालेमा फर्किने भएका छन्। आज बोलाइएको एमाले सचिवालय बैठकमा गौतम र उनी नेतृत्वको घटकका नेताहरूको व्यवस्थापनसम्बन्धी विषय समावेश छ।

गौतमले पार्टीले आज केही निर्णय लियो भने भोलि प्रवेश गर्ने तयारी रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, “हाम्रो व्यवस्थापनबारे पार्टीले आज केही निर्णय लियो भने हामी भोलि प्रवेश गर्छौं।” सचिवालय बैठकमा आफूहरूको व्यवस्थापनलाई अलग्गै एजेन्डामा राखिएकोमा खुशी व्यक्त गर्दै उहाँले थप्नुभयाे, “जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश्य सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्नु हो।”