काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक तहमा सविधानपछि संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको भन्ने बुझाइ रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद समेत रहेका शर्माले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा सम्बन्धि विधेयक दफावार छलफलमा छ । विधेयकमाथिको छलफलमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सविधानपछि बन्नुपर्ने कानुन पनि बनेका छैन् भन्ने नागरिक तहमा बुझाई छ । गुणात्मक रुपमा काम गरौं,’ उनले भने ।