काठमाडौँ । राप्रपाले ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२ लाख ५९ हजार रुपैयाँ उठाएको हो ।
जसअनुसार संघीय सांसदबाट १८ लाख ८० हजार रुपैयाँ लेभी उठाइएको छ भने प्रदेश सांसदबाट १५ लाख ७९ हजार रुपैयाँ उठाइएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।राप्रपाले आफ्ना सांसदहरुले पाउने सेवा सुविधाबाट लेभी उठाउँदै आएको छ ।