१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:15 am
समाचार

विभिन्न कार्यक्रम गरेर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

सूचना प्रेस २०७९ बैशाख २० मंगलबार ००:००, १०:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । आज ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । हरेक वर्ष मे ३ तारिखमा मनाइने यो दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना भएका छन् ।युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।