काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभा आगामी फागुन ११ गते, बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजे सुरु हुने जनाएको छ। सभाले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित हुनेछ। साधारणसभा र लाभांश वितरणका लागि माघ २५ गते एक दिनका लागि बुकक्लोज हुने छ।