१२ आश्विन २०८३, सोमबार 6:10 am
Banner

प्रधानमन्त्री ओलीसँगको भेटपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित

काठमाडौँ-नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका प्रतिनिधिमण्डलबिच भएको भेटपछि आन्दोलन स्थगित गरिएको हो।

प्रधानमन्त्रीसँग छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रूपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासचिव रोशन दाहालले जानकारी दिनुभयाे।