७ जेष्ठ २०८३, बिहिबार 1779392666
Banner

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।