१ जेष्ठ २०८३, शुक्रबार 1778839521
अर्थ

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौं-ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटोपत्रकार समूहबीच क्यामरा खरिदका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

ग्लोबल बैंकले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ।

राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आवद्ध भएका देशभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामारा खरिदको लागि रु.दुई लाखदेखि रु.पाँच लाखसम्म विना धितो ऋण पाउने समझदारी भएको हो।

Unf]an cfOPdO{ a}+s / /fli6«o kmf]6f]kqsf/ ;d”xaLr Sofd/f vl/bsf nflu ;Demf}tf sf7df8f}F,@$ df3M Unf]an cfOPdO{ a}+s / /fli6«o kmf]6f]kqsf/ ;d”xaLr Sofd/f vl/bsf nflu ePsf] ;Demf}tf kqdf x:tfIf/kl5 Unf]an cfOPdO{ a}+ssf …x]8 6«fGh]S;gÚ k|sfz kf}8]n / PgPkmlkh]sf cWoIf k|bLk/fh jGt . /fli6«o kmf]6f]kqsf/ ;d”x g]kfndf cfj4 ePsf b]zel/sf ;b:ox?n] Unf]an cfOPdO{ a}+s lnld6]8sf] ;xof]udf Sofdf/f vl/bsf] nflu ? b’O{ nfvb]lv ? kfFr nfv;Dd ljgflwtf] C0f kfpg] ePsf 5g\ . tl:a/M /f;;

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ। कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।