२७ भदौ २०८३, शनिबार 1789244992
समाचार

धनुषामा ६५ वर्षीया सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

धनुषा : धनुषामा आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जनकनन्दनी गाउँपालिका- ५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार राति झगडा हुँदा रक्षा कुमारीले सासुलाई कुटपिट गरेको आरोप छ। घरायसी विवादको क्रममा भएको झगडामा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ।