३ भदौ २०८३, बुधबार 1787171903
Banner

सत्तासहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु गलत : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तासहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी भएको बताएका छन्। बुधबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राष्ट्रमा दुरगामी असर पर्ने अध्यादेश ल्याउने क्रममा सत्तासहयात्रीसँग छलफल नगर्नु कमजोरी भएकाले त्यसलाई आत्मसात गर्नुपर्ने बताएका हुन्।

उनले अध्यादेश ल्याउँदा कमजोरी भए पनि भूमि बाहेक अन्य अध्यादेशमा साथ दिने जसपा नेपालले निर्णय गरेको धारणा राखे। शर्माले भूमिसम्बन्धी अत्यादेशमा जसपा नेपालले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिष्थापन विधेयकमार्फत सुधार गर्न सकिने तर्क गरे। उनले अध्यादेशका विषयमा सत्तासाझेदार दलबीच भएको विमतीलाई आवश्यक संवाद र छलफल पश्चात सही रुपमा निष्कर्षमा पुर्‍याउने दाबी गरे।