२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:18 am
समाचार

रुपन्देहीमा आमाको हत्या गर्ने छोरा पक्राउ

सूचना प्रेस २०८१ फाल्गुन १ बिहिबार ००:००, १७:४९ बजे १ मिनेट पढाइ

बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।

उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले  जनाएको छ । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।  प्रहरीले  हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ ।