११ आश्विन २०८३, आइतबार 1790499856
समाज

काठमाडौं उपत्यकामा मात्रै थपिए १ हजार ४९८ संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो। बुधबार देशभर ११ हजार ६९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्।