३ आश्विन २०८१, बिहिबार 1726811002
Banner

भरतपुरको आमसभा स्थल जलमग्न ,गठबन्धनलाई मौसमले पनि साथ दिएन

भरतपुर -सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।

भरतपुरको हाकिम चोकमा हिजो साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।
महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुग्नुभएको छ ।