१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:56 am
अर्थ

सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो

सूचना प्रेस २०७९ बैशाख २२ बिहिबार ००:००, ११:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ – नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । जसअनुसार १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।