२० आश्विन २०८३, मंगलबार 1:35 pm
Banner

अनलाइन जुवा खेलाउने २४ जना पक्राउ

काठमाडौं । बूढानीलकण्ठमा दुई वटा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने २४ जना नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार सोमवारसाँझ उनीहरूलाई अनलाइन जुवा खेलाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले त्यहाँको दुईवटा घर दुई वर्षको लागि भाडामा लिएर सट्टेबाजी गर्दै आएका थिए। तीन महिना अगाडिबाट उक्त घर भाडामा लिएका थिए।

उनीहरूले तीन महिनामा १ अर्ब ६४ करोड बराबारको कारोबार गरेका थिए। पक्राउ परेका भारतीयको साथबाट प्रहरीले भारतीय आधार कार्ड, सीम, मोबाइल, केही ल्यापटप लगायतका सामान बरामद गरेको छ।