२८ जेष्ठ २०८३, बिहिबार 1781188368
Banner

बलिदानीपूर्ण संघर्षबाट आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गर्नुभएको हो । “फागुन ७ गते ।

आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो”, प्रधानमन्त्री ओलीले नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा ‘पोष्ट’ गर्दै लेख्नुभएको छ, “जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!”