४ आश्विन २०८१, शुक्रबार 1726888335
मनोरञ्जन

बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक

काठमाडौँ– कन्नडा फिल्मनगरीलाई नै चिनाउने फिल्म बन्यो ‘केजीएफ’ ।

फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् ।केजीएफले बढाएको हाइपलाई सिक्वेलले झनै बढाएको छ । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म ‘सलार’ को हाइप झनै बढ्दो छ । ‘केजीएफ स् च्याप्टर २’ को सफलता पश्चात निर्देशक प्रशान्तले आफ्नो पारिश्रमिक समेत बढाएका छन् ।

भारतीय मिडियाका अनुसार प्रशान्तले आउँदो दुई फिल्म निर्देशनको लागि ५० र ५० करोडको पारिश्रमिक लिएका छन् । केजीएफ स् च्याप्टर २ मा मुनाफाको हिस्सेदार बनेका प्रशान्तले जुनिएर एन्टीआरसँग बन्ने फिल्मका लागि ५० करोड पारिश्रमिकमा डिल डन गरेका छन् । यसका साथै उनले अन्य एक ब्यानरको लागि बन्ने फिल्ममा पनि सोही बारबारको रकम लिएका छन् । यसका साथै प्रशान्तले केजीएफ स् च्याप्टर ३ समेत निर्देशन गर्दैछन् ।

उनको निर्देशनमा बनेको फिल्मलाई वितरकले राम्रो रकम दिने, प्रदर्शकले प्राथमिकता दिने, ओटीटीले महँगोमा खरिद गर्ने, स्टार कलाकारहरूले फिल्मलाई ओके गर्ने भएकाले पनि पारिश्रमिक बढेको चर्चा भारतीय मिडियामा छ ।