३ भदौ २०८३, बुधबार 1787143584
समाचार

कांग्रेस उम्मेदवारले सिचाइको पाइप वितरण गर्ने तयारी गर्दै गर्दा एमाले कार्यकर्ताले नियन्त्रण लिइ निर्वाचन कार्यालयमा बुझाए

ताप्लेजुङ – नेपाली कांग्रेसबाट ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका वडा-२ फुलवारीमा वडाध्यक्षका उम्मेदवार सोम बिमलीले मतदातालाई प्रभावित पार्न सिचाको पाइप ल्याई वितरण गर्ने तयारी गर्दै गर्दा एमाले कार्यकर्ताले ट्याक्टर र सिचाइ पाइप पक्राउ गरी निर्वाचन कार्यालयमा बुझाएका छन् ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै बिमलीले यो कार्य गरेपछि नेकपा एमालेका नेता कार्यकर्ताहरुले को२त ९१२७ नम्बरको ट्याक्टरमा मतदातालाई प्रभावित गर्ने गरी बाँड्न ल्याएको सिचाइ पाइप निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको भन्दै एमालेले आचारसंहिता उल्लंघनमा निज बिमलीलाई कारवाही गर्न माग गरेको छ ।

एमालेकातर्फबाट आठराइ त्रिबेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दीपेन्द्र पोमूले बिमलीबाट पटकपटक मतदाता प्रभावित पार्ने गरी विभिन्न सामग्री वितरण भइरहेकोले यसअघि पनि निर्वाचन अधिकृतको कार्यालयमा मौखिक जानकारी गराएको बताउनु भएको छ ।

एमालेले पटकपटक आचारसंहिता बिपरितका कार्य गर्ने बिमलीलाई कारवाही नगरे प्रतिरोधमा उत्रने चेतावनी पनि दिएको छ ।