४ आश्विन २०८१, शुक्रबार 1726811226
Banner

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर -मोरङको बेलबारी नगरपालिकामा मेयर उम्मेदवारको घरैमा पसेर एक युवकले गाडीमा आगजनी गरेका छन् । प्रहरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी मेयरका उम्मेदवार खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगो लगाएर सुन्दरहरैँचा(१२ का २८ वर्षे सुवास पाण्डे भागेका थिए । गौतमको घर बेलबारी(२ लालभित्ती हो ।

बेलबारी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका गौतम होटल व्यवसाय गर्नुहुन्छ ।

मध्यराति कारमा आगो लगाइएको कुरा आफूलाई छिमेकीले जानकारी गराएको गौतमले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलबारीबाट घट्नास्थलमा पुगेको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले सीसीटीभी फुटेज हेरेर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डे नेपाली काङ्ग्रेसनिकट रहेको गौतमको दाबी छ । गौतमको गाडीमा चुनावका प्रचार सामग्रीहरू थिए । पार्टीको झण्डा पनि जलाइएको गौतमले बताउनुभयो ।

पाण्डेले पेट्रोल छर्केर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सीसी क्यामेरा फुटेजमा देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।