काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा खटिएको केन्द्रीय टोली आज पाँचौँ दिन सप्तरी पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू कोशी प्रदेशको विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी हुँदै सप्तरी पुगेको हो । आज सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्लामा तीन मुख्य कार्यक्रम गर्दै छ। पदाधिकारी टोली अबको आठ दिनसम्म मधेस प्रदेशमा केन्द्रित हुनेछन् ।


