२७ जेष्ठ २०८३, बुधबार 1781082811
राजनीति

पाथीभरामा केबलकार निर्माण अघि बढाउन छलफल थाल्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले यसबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने,’ महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’