२ जेष्ठ २०८३, शनिबार 1778918079
राजनीति

रास्वपाको कार्यवाहक प्रवक्तामा फर्किए मनिष झा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन्। केही सप्ताहको अध्ययन बिदा पश्चात उनी सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत झाले लेखेका छन् ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु।’

झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए। उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावलाई जिम्मेवारी दिएका थिए।