काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुटेको हो । थापाथली चोकबाट नर्भिक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो । पाइप फुटेपछि केहीबेर थापाथली क्षेत्र जलमग्न बनेको थियो । तर, अहिले फुटेको स्थानमा पानी वितरण बन्द गरिएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

प्रहरीका अनुसार पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ । यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो ।


