७ जेष्ठ २०८३, बिहिबार 1779392120
Banner

मेरो नेतृत्वमा एक से एक ऐतिहासिक काम भएका छन्: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू नेतृत्वको सरकार भएका बेला एकसे एक ऐतिहासिक काम भएको दाबी गरेका छन्। मङ्गलवार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। ‘यो भन्दा अगाडि म सरकारमा जाँदा मैले नेतृत्व गरेको सरकारले एक से एक ऐतिहासिक काम भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पूर्वाधार निर्माणका कुरा हुन, विकासका कुरा हुन, शिक्षा क्षेत्रका कुरा हुन्, अरू पनि कुरा हुन।’

तर नेपालमा विरोधको मात्रै लहर भएकाले त्यो नदेखिएको प्रधानमन्त्री ओलीले टिप्पणी गरे। ‘यो नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोजे त्यसको विरोध गर्ने, त्यसको झुटो आरोप लगाउने, केही काम गर्न खोजे त्यसलाई गर्न नदिने,’ उनले भने। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ इङ्गित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफू सरकारमा भयो भने ड्रामा गर्ने, ड्रामामै समय बित्छ। अर्कोले गर्न खोजे विरोध गर्ने, त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर।’