७ जेष्ठ २०८३, बिहिबार 1779365877
राजनीति

गणतन्त्र गन्हायो, राजा आऊ देश बचाऊ भन्दै राष्ट्रिय झण्डासहित राजावादी सडकमा

काठमाडौं : राजावादी दलहरू पछिल्लो समय जुर्मुराउन थालेका छन्। उनीहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका हुन्। आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलदेखि सुरु भएको प्रदर्शन नारायणहिटी दरबार पुगेको छ। प्रदर्शन कारीले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएका छन्।