७ जेष्ठ २०८३, बिहिबार 1779366181
Banner

बराह सहकारीको रकम अपचलन : ८ जना कारागार चलान, ३ जनासँग धरौटी माग

विराटनगर । जिल्ला अदालत सुनसरीले बराह ग्रुपअन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारी प्रकरणमा पक्राउ परेका मध्ये ८ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । न्यायाधीश मुकेश उपाध्यायको इजलासले बुधबार  थुनछेक बहसपछि पक्राउ परेका ११ मध्ये ८ जनालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । बराह सकारीको पौने ११ अर्ब बचत अपचलन मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर  ठगी मुद्दामा अनुसन्धान गरिएको थियो ।

जसमा मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालीकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए । जतनमाया, सरिता र विष्णुकुमारीको हकमा भने जनही पाँच लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।