२१ भदौ २०८३, आइतबार 1788700049
समाचार

कैलालीमा एक जना मृत भेटिए

घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए।