काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार बिहान १० बजे उहाँ पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई दिक्षित गर्न मोरङको गोठगाउँमा जाने कार्यक्रम रहेको छ । दिउसाे दुई बजे विराटनगरमा प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले यस अघि लुम्बिनी र कर्णाली प्रदेशसभालाई सम्बोधन गरिसक्नु भएको छ ।


