भक्तपुर ।सूर्यविनायक नगरपालिकाले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कटुन्जे स्थित नगरपालिकाले आफ्नै नव निर्मित भवनमा ९ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा नगर प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता तिम्सिना भट्टराईले केक काटेर ९ औं स्थापना दिवस मनाउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अनन्तलिङेश्वर नगरपालिका र सुर्यबिनायक नगरपालिका मिलेर बनेको यस नगरपालिका बन्नुमा सबैको साथ सहयोग प्राप्त भएर सम्भव भएको बताउनु भयो । माघ १४ गते सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले नगरपालिकाको भवन उत्घाटन गरे पछी अहिले नगर बासीहरुलाई नयाँ भवनबाट छिटो र छरितो सेवा उपलब्ध गराउन सजिलो भएको नगर प्रमुख थापाले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत तारा नाथ लुइँटेल, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।